विज्ञापन

माओवादी बैठक : आगामी रणनीतिबारे गहन छलफल

विज्ञापन
Image
विज्ञापन

काठमाडौं ।नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक दोस्रो दिन पनि पार्टी मुख्यालय पेरिसडाँडामा जारी रहेको छ ।

आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेका विचार र बैठकमा समावेश गरिएका विभिन्न एजेण्डाहरूमा नेताहरूले आ–आफ्ना धारणा राख्ने क्रम चलिरहेको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिएका छन् ।

बैठकमा सहभागी नेताहरूलाई विचार राख्न १० मिनेटको समय तोकिएको छ ।

आजको छलफलमा उपमहासचिव जनार्दन शर्माले उठाएको विषयलाई पनि विशेष प्राथमिकताका साथ समेटिएको छ । हिजोको बैठकमा अध्यक्ष प्रचण्डले सार्वजनिक रूपमा नेतृत्वविरुद्ध बोलेको भन्दै नेता शर्माप्रति असन्तुष्टि व्यक्त गरेका थिए ।

बैठकमा पार्टीको संगठनात्मक सुदृढीकरण, सरकार सञ्चालनमा भूमिका, समसामयिक राजनीतिक अवस्था, आगामी रणनीति लगायतका विषयमा गहन  छलफल हुने जनाइएको छ । स्थायी कमिटी बैठक अझै केही दिन चल्ने बताइएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन