गोरखा, भदौ २३ जनतासँग माओवादी मध्यपहाडी (पुष्पलाल लोकमार्ग) जनजागरण अभियानका क्रममा गोरखा जिल्ला पालुङटारमा महान् सहिद सुरेश वाग्ले ‘वासु’, भिमसेन पोख्रेल ‘वैरागी’, विजय खनाल ‘दर्शन’ र हरिकला पौडेलको स्मृतिमा सभा तथा जनसम्वाद कार्यक्रम सुरू भएको छ ।
जनयुद्धको क्रममा गोरखा जिल्लामा मात्रै १८८ भन्दा बढीले सहादत प्राप्त गरेका थिए भने २० जना बेपत्ता पारिएका थिए।
स्मृति सभामा जनतासँग माओवादी मध्यपहाडी (पुष्पलाल लोकमार्ग) जनजागरण अभियान टिम , गण्डकी प्रदेसका नेताहरू, स्थानीय नेता, कार्यकर्ता तथा आम जनसहभागिता रहेको छ।
प्रतिक्रिया जनाउनुहाेस्



























