विज्ञापन

कांग्रेसका महामन्त्रीद्वयको प्रस्ताव : मंसिरभित्र नियमित वा विशेष महाधिवेशन गरौँ

विज्ञापन
Image
विज्ञापन

जेन–जी आन्दोलनपछि प्रमुख दलहरूभित्र नेतृत्व हस्तान्तरणको विषय बलियो हुन थालेको छ । कांग्रेस कार्यसम्पादन समितिको शुक्रबार बसेको बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आगामी मंसिरभित्र पार्टीको १५औँ महाधिवेशन वा विशेष महाधिवेशन गर्ने प्रस्ताव गरेका हुन् । तर, सभापति शेरबहादुर देउवा पक्षका नेता र वरिष्ठ नेता डा. शेखर कोइरालाले यस विषयमा केन्द्रीय कार्यसमितिको निर्णयमार्फत जानुपर्ने भन्दै असहमति जनाएका छन् । तत्कालको अवस्थामा पार्टीभित्र सहमति–एकतामा जोड दिनुपर्ने उनीहरूको भनाइ छ ।

‘परिवर्तित परिस्थितिमा पार्टीको नियमित महाधिवेशन वा यो सम्भव नभए विशेष महाधिवेशन आयोजना गरौँ । केन्द्रीय कार्यसमितिले यसबारेमा निर्णय गर्नुपर्छ । मंसिर मसान्तमा वर्तमान केन्द्रीय समितिको म्याद सकिने हुनाले त्यसवेलासम्म नियमित वा विशेष महाधिवेशन सम्पन्न गरौँ,’ बैठकमा महामन्त्री थापाको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘अब पार्टी पुनर्गठन अपरिहार्य भइसकेको छ ।’ अब कार्यकाल थप्न नहुने र महाधिवेशन पनि मंसिरभन्दा पर धकेल्न नहुने थापाको भनाइ थियो । अर्का महामन्त्री शर्माले पनि थापाको प्रस्तावमा समर्थन जनाएका थिए ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन