विज्ञापन

अर्थ मन्त्रालयले भन्यो- १५ सय अमेरिकी डलरभन्दा बढी विदेशी मुद्रा नगदमा नराख्नू

विज्ञापन
Image
विज्ञापन

अर्थ मन्त्रालयले १५ सय अमेरिकी डलरभन्दा बढी विदेशी मुद्रा नगदमा राख्न नपाउने भनेको छ। अर्थ मन्त्रालयले बुधबार राति आफ्नो सामाजिक सञ्जाल ‘एक्स’ (ट्विटर) मार्फत् यस्तो जानकारी दिएको हो।
विदेश भ्रमणबाट फर्किँदा बचत भएको वा वैध स्रोतबाट प्राप्‍त विदेशी मुद्रा अधिकतम १५ सय डलर वा त्यस बराबरको परिवर्त्य विदेशी मुद्रा मात्र नगदमा राख्न पाउने सूचनामा उल्लेख छ। रामेश्वर खनाल अर्थमन्त्री भएर आएपछि मन्त्रालयले वित्तीय अनुशासन र अनुत्पादक खर्च कटौतीका यस्ता नियम कार्यान्वयनमा कडाइ गरिरहेको छ।

त्यसै क्रममा नेपाल आउने नेपाली वा विदेशी नागरिकले आफूसँग ५ हजार अमेरिकी डलरभन्दा बढी रकम ल्याएका छन् भने भन्सारमा घोषणा गर्नू भनेर अर्थले भनेको छ। उक्त सूचनाअनुसार ५ हजार डलर वा त्यस बराबरको रकम भने भन्सारमा घोषणा नगरी नेपाल भित्र्याउन पाइनेछ। स्रोत खुलेको रकम नगदमै आफ्नो अनुकूल स्थानमा सुरक्षित राख्‍न र उपयोग गर्न कुनै बाधा व्यवधान नरहेको तर स्रोत नखुलेको रकमका सम्बन्धमा सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ बमोजिम अनुसन्धान हुने अर्थ मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन