अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीको ६ घण्टापछि हमास गाजामा युद्धविराम गर्न सहमत भएको छ। हमासले शुक्रबार राति घोषणा गरेअनुसार, उनीहरूले ट्रम्पको योजना अनुसार सबैतिरका बन्दीहरू (जीवित वा मृत) अवस्थामा रिहा गर्न तयार छन् । साथै गाजाको प्रशासन छोड्न पनि तयार भएको जनाइएको छ । हमासले सबै ४८ बन्दीलाई रिहा गर्न तयार रहेको जनाएको छ । यो सूचीमा नेपालका विपिन जोशी पनि रहेका छन् । यसअघि हमासले सार्वजनिक गरेको ‘बिदाइ सूचि’ मा विपिनको पनि तस्वीर समावेश गरिएको थियो ।
हमासले अमेरिकी राष्ट्रपति ट्रम्पले यस हप्ता प्रस्तुत गरेका २० बुँदे शान्ति सम्झौताको केही भागहरूमा थप वार्ता आवश्यक रहेको जनाएको छ । अल जजीराको रिपोर्टअनुसार हमासबाट आएको जवाफमा हतियार छोड्ने कुरा उल्लेख गरिएको छैन ।
प्रतिक्रिया जनाउनुहाेस्




























