सरकारले कार्यालय प्रमुखहरूलाई अनिवार्य रुपमा कार्यस्थल पुग्न भनेको छ । नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना निकालेर यस्तो भनेको हो ।
जल तथा मौसम विज्ञान विभागका अनुसार यही असोज २० गतेसम्म देशका विभिन्न भागहरूमा मध्यम देखि भारी वर्षाको सम्भावना रहेको छ । यो अवस्थामा आ–आफ्नो मन्त्रालय अन्तर्गतका जिल्लास्थित कार्यालय प्रमुखहरूलाई असोज १८ अर्थात् आजैसम्ममा अनिवार्य रूपमा कार्यस्थल पुग्न सक्ने व्यवस्था मिलाउन भनिएको छ ।
कार्यस्थल पुगेर पूर्व तयारी र प्रतिकार्यको काममा जुट्नका लागि निर्देशन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट निर्देशन प्राप्त भएअनुसार सूचना निकालेको संघीय मामिला मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया जनाउनुहाेस्

























