विज्ञापन

सरकारले ओलि र बादललाई पक्राउ गर्ला र?

विज्ञापन
Image
विज्ञापन

नेकपा एमालेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूलाई सरकारले जेल हाल्ने तयारी गरिरहेको भन्दै देशव्यापी आन्दोलन चर्काउनुपर्ने आवाज उठेको छ । हिजो बसेको सचिवालय बैठकमा अध्यक्ष ओली र उपाध्यक्ष रामबहादुर थापा बादलले यो कुरा उठाएका हुन् ।

एमालेका एकजना सचिवका अनुसार बैठकमा प्रतिनिधिसभा पुनर्स्थापना कि निर्वाचनको तयारी भन्नेमा छलफल हुँदा यो विषय उठेको थियो । संसद पुनर्स्थापनाका लागि आन्दोलनमा जानुपर्ने प्रस्ताव गर्दै ओलीले नत्र आफूलाई समातेर जेल हाल्ने खतरा औंल्याएका थिए ।

चुनावको पक्षमा धारणा राखेका सचिवालय सदस्यहरुलाई जवाफ दिँदै उनले भने- ‘हामीलाई थुनिहाल्छ, तपाईंहरू जानुस् चुनावमा ।’ हिजो बेलुकी अबेर सम्पन्न बैठकले उनको चाहनाअनुसार नै संसद पुनर्स्थापनामा जाने निर्णय गरेको छ ।

अध्यक्ष ओलीले जस्तै उपाध्यक्ष बादलले पनि नेताहरुलाई जेल हाल्ने तयारीमा सरकार रहेको बताउँदै चुनावमा जान नसकिने मत राखेका थिए । ‘हामीलाई भ्रष्टाचारी भनिरहेका छन्,नेताहरूलाई डिस्क्वालिफाई गरेर चुनाव गराउने प्रपन्च छ,त्यसकारण चुनाव हैन संसद पुनर्स्थापना गर्नुपर्छ’, उनले बैठकमा भनेका थिए ।

प्रतिनिधिसभा विघटनलाई प्रतिक्रान्ति र पुनर्स्थापनालाई क्रान्ति हो भन्ने तर्क गरेका बादलले पनि आन्दोलन चर्काउनुपर्नेमा जोड दिएका थिए । फागुनसम्ममा क्रान्ति गर्नुपर्छ भन्ने उनको प्रस्ताव थियो ।

बैठकमा अध्यक्ष ओली र बादलमा आतंकको मनोविज्ञान देखिएको उनै सचिवालय सदस्य बताउँछन् । भदौ २३ को जेन-जी प्रदर्शन दमन गरेको आरोपमा ओलीलाई फौजदारी कसुरमा पक्राउ गर्नुपर्ने माग उठिरहेको छ । सरकारले अघिल्लो साता समात्ने तयारी गरेकोमा पछि सुरक्षा निकायका प्रमुखहरूको सुझावपछि रोकिएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन