साउन ८ काठमाडौं : प्रतिनिधिसभा सभामुख डोलप्रसाद अर्याल उपचारका लागि अस्पताल भर्ना भएका छन् ।छातीमा समस्या देखिएपछि अर्याललाई एक घण्टाअगाडि साढे ७ बजे महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको कार्डियोभास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरअन्तर्गत सीसीयूमा भर्ना गरिएको हो । उनको क्याबिन नम्बर २१५ मा उपचार भइरहेको छ । अचानक छातीमा समस्या आएपछि उनी हस्पिटल गएका थिए ।
प्रतिक्रिया जनाउनुहाेस्





























