विज्ञापन

दाउन्नेको घ्युखोलामा भारतीय बस दुर्घटना, ६ महिला घाइते

विज्ञापन
Image
विज्ञापन

१४ जेठ, नवलपरासी । पूर्व-पश्चिम राजमार्गअन्तर्गत पूर्वीनवलपरासीको बिनयी त्रिवेणी गाउँपालिका-२ घ्यूखोलामा भारतीय नम्बर प्लेटको बस दुर्घटना हुँदा ६ जना महिला घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार विहीबार करिब ४ बजे यूपी ६२ डीटी २७८० नम्बरको बस दुर्घटना भएको हो । बसमा सवार ३५ यात्रुमध्ये ६ जना महिला घाइते भएका छन् । उनीहरूलाई बिनयी त्रिवेणी आधारभूत अस्पताल दुम्किबासमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डा पठाइएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा भारत महाराष्ट्रकी ६२ वर्षीया सुशिला निगोत, ६९ वर्षीया सुशिला जीसी, ५८ संगिता बस्नेत, ४७ वर्षीया भासुली कादम, ४८ वर्षीया रेखा टाउरे र ४५ वर्षीया योगिता बलेरौ घाइते भएका प्रहरीले जनाएको छ ।

बस चालक भारत आजमगढ जिल्ला बस्ने ४९ वर्षीय अनिल कुमारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन