विज्ञापन

राज्यले खेलमा भविष्य छ भन्ने भावना जागृत गर्नुपर्छ : राष्ट्रपति रामचन्द्र पौडेल

विज्ञापन
Image
विज्ञापन

२० जेठ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुदका माध्यमबाट आपसी मित्रता, भाइचारा र सम्बन्ध सुदृढ गर्दै राष्ट्रिय एकताको भावना विकास हुने बताएका छन् । उनले खेलका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा पनि महत्वपूर्ण योगदान पुग्ने बताए ।

राष्ट्रिय खेलकुद परिषदद्वारा बुधबार आयोजित १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन समारोहमा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले अहिलेको युगमा खेलकुद केवल प्रतिस्पर्धा, पेसा, प्रख्याती र पहिचानका लागि मात्रै सीमित नभएको बताएका हुन् ।

राष्ट्रपति पौडेलले नेपालमा खेलप्रतिको क्रेज बढ्दैगएको पनि बताए । यस्तो बेला राज्यले ‘खेल प्रतियोगितामा मेरो भविष्य सुरक्षित छ’ भन्ने भावना जागृत गर्नुपर्नेमा जोड दिए ।

‘विद्यालयतहदेखि नै खेल र शिक्षासँगको अन्तरसम्बन्ध र महत्वलाई एकसाथ अघि बढाउँदै खेल संस्कृतिको विकास र विस्तारका लागि यस्ता प्रतियोगितालाई संघ, प्रदेश र स्थानीयस्तरमा सञ्चालन गर्न कञ्जुस्याई गर्न हुँदैन’, उनले भने ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन