राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति बचाऊ महाअभियानका संयोजकसमेत रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राजनीतिक दल खोल्ने घोषणा गरेका छन्। भक्तपुरस्थित निवासमै पत्रकार सम्मेलन मार्फत प्रसाईंले राजनीतिक दल खोल्ने घोषणा गरेका हुन्। ‘यसका लागि वर्तमान शासन प्रणाली बमोजिम राजनीतिक दल गठन गर्नुपर्ने अनिवार्य छ। तसर्थ राजनीतिक शक्ति निर्माणका लागि राजनीतिक दल गठन गर्ने निश्चय गरेको छु,’ उनले भने।
प्रतिक्रिया जनाउनुहाेस्



























