काठमाडाैँ । नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले सीमा, भौगोलिक अखण्डता र सार्वभौमिकताका सवालमा संसद्, राजनीतिक दल र नागरिक समाज एक ढिक्का हुनुपर्ने बताएका छन् ।
प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले नेपालको संलग्नता र सहमतिबिना लिपुलेकलाई दुई देशबिचको व्यापारिक मार्ग बनाउने गरी भारत र चीनबिच सहमतिप्रति प्रधानमन्त्रीले स्पष्ट आपत्ति जनाएको उल्लेख गर्दै धन्यावाद व्यक्त गरे ।
उनले सीमा विवादको समाधानका लागि दुई छिमेकी देशहरूसँगको कुटनीतिक बहस र छलफलबाट निकाल्नुपर्नेमा जोड दिए । उनले सुगौली सन्धिअनुसार कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै भएको स्पष्ट समेत पारे ।
उनले भने,‘प्रधानमन्त्रीको सचिवालय र परराष्ट्र सचिवद्वारा जारी प्रेस नोटअनुसार चीनमा हाम्रा प्रधानमन्त्रीजीले चिनियाँ राष्ट्रपतिसँग नेपालको कुनै, संलग्नता, जानकारी र सहमतिबिना नेपालको भूमि लिपुलेकलाई दुई देशबिचको व्यापारिक मार्ग बनाउने गरी भारत र चीनबिच ३ भद्र २०८२ मा भएको सहमतिप्रति स्पष्ट नेपालको आपत्ति रहेको जनाउनु भएको छ ।
विज्ञापन

सीमा, भौगोलिक अखण्डता र सार्वभौमिकताका सवालमा संसद्, राजनीतिक दल र नागरिक समाज एक ढिक्का हुनुपर्ने : सांसद दिलेन्द्रप्रसाद बडू
विज्ञापन


विज्ञापन

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन

विज्ञापन

विज्ञापन
विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

नयाँ प्रकाशित
विज्ञापन

विज्ञापन

# ट्रेण्डिङ
विज्ञापन

विज्ञापन















