राष्ट्रिय सभाका पूर्वअध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अध्यक्षमा बहाल हुँदा चढेको गाडी अझैसम्म फिर्ता नगरेको पाइएको छ । संसद् सचिवालयका अनुसार उनलाई सात महिना अगाडि गत चैतमा गाडी फिर्ता गर्न पत्र नै पठाइएको थियो । ‘पत्र गएपनि उहाँबाट कुनै रेसपोन्स भएन’ एक अधिकारीले भने ।
अध्यक्ष तिमिल्सिनाको कार्यकाल २० फागुन २०८० मा सकिएको थियो । २०७४ सालमा राष्ट्रिय सभा सदस्यमा निर्वाचित तिमिल्सना सोही वर्ष राष्ट्रिय सभाको अध्यक्ष भएका थिए । ६ वर्षे कार्यकाल सकाएर २०८० फागुन २० गते बिदा भएका हुन् । संसद् सचिवालयका अनुसार तिमिल्सनाले अध्यक्ष हुँदा बीआईडी एटो थ्री गाडी चढ्दथे । अध्यक्ष हुँदा लिएको गाडी उनले अझैसम्म छोडेका छैनन् ।
प्रतिक्रिया जनाउनुहाेस्

























