विज्ञापन

अरबीलाई मरुभूमिमा उँट चराउने भनेका इजरायली अर्थमन्त्रीले मागे माफी

विज्ञापन
Image
विज्ञापन

८ कात्तिक, काठमाडौं । इजरायलका अर्थमन्त्री बेजलेल स्मोट्रिचले साउदी अरबका मानिसहरू मरुभूमिमा उँट चराउनेबारे दिएको विवादास्पद अभिव्यक्तिका लागि माफी मागेका छन्।

स्मोट्रिचले यसअघि इजरायल र साउदी अरबबीचको सम्भावित सम्बन्धका मुद्दामा टिप्पणी गर्दै भनेका थिए,
‘यदि साउदीले हामीसँग राम्रो सम्बन्ध राख्नको साटो एक अलग प्यालेस्टिनी राष्ट्र चाहन्छ भने हामीले त्यो स्वीकार गर्न सक्दैनौं ।’

त्यसपछि उनले व्यंग्य गर्दै थपेका थिए, ‘साउदी अरब मरुभूमिमा उँटकै सवारी गर्दै रहोस्, हामी हाम्रो अर्थतन्त्र, समाज र राष्ट्र निर्माणमा लागिरहन्छौँ। हामी त्यही गर्छौँ, जुन हामीले गर्न जानेका छौं।’

तर, उक्त अभिव्यक्तिको व्यापक आलोचना भएपछि स्मोट्रिचले एक्समार्फत एक भिडियो जारी माफी मागेका हुन् । उनले माफी सन्देशमा भनेका छन्, ‘साउदी अरबबारे मेरो टिप्पणी गलत थियो। यसबाट भएको अपमानका लागि म क्षमा चाहन्छु।’

उनले अगाडि भनेका छन्, ‘म साउदीले हाम्रो साथमा वास्तविक शान्तिको पक्षमा काम गर्नेछन् भन्ने विश्वास गर्दछु ।’

मन्त्री स्मोट्रिच अति दक्षिणपन्थी विचारधारा राख्ने मन्त्री हुन् । पेशाले अधिवक्ता समेत रहेका उनी राष्ट्रिय धार्मिक पार्टी–धार्मिक जियोनिज्मका नेता हुन्।
स्मोट्रिचलाई चरम-दक्षिणपन्थी विचारहरू र वेस्ट बैंकमा इजरायली बस्तीहरूको विस्तारको कडा समर्थकको रूपमा चिनिन्छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन