विज्ञापन

प्रिमियर लिगमा लिभरपुलको लगातार चौथो हार

विज्ञापन
Image
विज्ञापन

९ कात्तिक, काठमाडौं । प्रिमियर लिगमा लिभरपुलको खराब लय जारी रहँदा ब्रेन्टफोर्डसँग ३-२ ले पराजित भएको छ । लिगमा लिभरपुलको यो लगातार चौथो हार हो ।

ब्रेन्टफोर्टको घरेलु मैदानमा भएको खेलमा डाङ्गो ओउटाराले पाँचौ मिनेटमै गोल गर्दै ब्रेन्टफोर्डलाई अग्रता दिलाएका थिए । केभिन सेडले ४५औं मिनेटमा गोल गर्दै ब्रेन्टोफर्डको अग्रता दोब्बर पारे ।

पहिलो हाफको इन्जुरी टाइममा लिभरपुलका मिलोस केर्केजले गोल फर्काउँदै टिमलाई खेलमा फर्काउने प्रयास गरेका थिए ।

तर इगोर थियागोले ६०औं मिनेटमा पेनाल्टीमा गोल गरेपछि ब्रेन्टफोर्डले ३-१ को अग्रता बनायो । त्यसपछि लिभपुरलका मोहमद सालाहले ८९औ मिनेटमा गोल गर्दै गोल अन्तर फेरि कम गरे । तर त्यो ढिला भइसकेको थियो । त्यसपछि गोल गर्न नसक्दा लिभरपुल लिगमा लगातार हार व्यहवर्न बाध्य भयो ।

हारपछि लिभरपुलले दोस्रो स्थानमा पुग्ने मौका गुमाएको छ । ९ खेलबाट १५ अंकसहित छैटौँ स्थानमा छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन