ललितपुरको इमाडोलस्थित किष्ट अस्पतालमा बिरामीको मृत्यु भएको भन्दै आफन्तले प्रदर्शन गरेपछि अस्पतालमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन भएका छन् । प्रहरीले अस्पताल घेरेर राखेको छ भने बाहिर ठूलो संख्यामा मृतकका आफन्त र परिवारका सदस्यहरू भेला भएका छन् ।
घटना ७ कात्तिकको हो । अस्पतालको लापर्वाहीले गर्भवती महिलाको ज्यान गएको आरोप आफन्तहरूको छ । अहिलेसम्म अस्पतालले संवादका लागि समेत नबोलाएको उनीहरूको भनाइ छ।
प्रतिक्रिया जनाउनुहाेस्























