विज्ञापन

जापान र अमेरिका बीच नयाँ दुई सम्झौतामा

विज्ञापन
Image
विज्ञापन

११ कात्तिक, काठमाडौं । जापान र अमेरिकाले दुई नयाँ सम्झौतामा हस्ताक्षर गरेका छन् ।  जापानकि  प्रधानमन्त्री सनेई तकाइची  र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले  नयाँ सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

दुई देशबीच हस्ताक्षरित एउटा सम्झौताले अमेरिका-जापान सम्बन्धको नयाँ ‘गोल्डन एज’ को सुरूवातलाई दर्शाउँछ भने दोस्रो सम्झौता महत्वपूर्ण खनिजसँग सम्बन्धित रहेको छ ।

‘पहिलो सम्झौता लामो समयदेखि सहयोगी रहेका दुवै देशबीचको साझेदारीलाई अझै मजबुत गर्नेमा केन्द्रित छ’, बीबीसीमा प्रकाशित समाचारमा भनिएको छ, ‘अर्को महत्वपूर्ण खनिजको सम्झौता दुर्लभ खनिज (रेयर अथ्र्स) को आपूर्ति सुनिश्चित गर्नका लागि एउटा ढाँचा प्रदान गर्दछ ।’

सम्झौतामा हस्ताक्षर पछि राष्ट्रपति ट्रम्पले जापानको सराहना गर्दै अमेरिकाको मजबुत सहयोगीको रूपमा चित्रित गरे ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन