काठमाडौँ । एकीकृत (समाजवादी) को विभिन्न पार्टी कमिटीमा रहेका ५२६ जना जेनजीहरुले अन्य दलसँगको गठजोडको बहस छाडेर पार्टी पुनर्गठनमा लाग्नुपर्ने बताएका छन् ।
सामूहिक अपिल जारी गर्दै उनीहरूले अहिलेको नेतृत्व सम्मानजनक अभिभावकको भूमिकामा बस्दै पुस्तान्तरण र हस्तान्तरणको कार्ययोजनासहित जेनजीले उठाएका विषयलाई सङ्गठित रूपमा पूरा गर्न पार्टीको झन्डामा गोलबन्द हुनुपर्नेमा जोड दिएका छन् ।
‘यस कार्यमा अलिकति पनि ढिला नगरी अविलम्ब अगाडी बढ्नका लागि पार्टी नेतृत्वलाई हाम्रो विनम्रतापूर्वक सचेतना सहितको आग्रह छ’, उनीहरूले भनेका छन् ।
साथै उनीहरूले नेकपा एकीकृत समाजवादीलाई व्यापक रूपमा पुनर्गठन गर्दै विभिन्न प्रतिकुलताका बिच सुन्दर वाम सम्भावनाको निर्माण गर्न सक्छौ भन्नेमा आफूहरू विश्वस्त रहेको समेत बताएका छन् ।
प्रतिक्रिया जनाउनुहाेस्

























