१२ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ ले ‘कम्युनिस्ट पार्टी नेपाल’ नामक दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएपछि नेकपा (माओवादी केन्द्र) का यूवा नेता राजन दाहालले प्रश्न उठाएका छन् ।
उनले पार्टी एकताका लागि गठन भएको वार्ता टोलीमा नाम र चुनाव चिन्हबारे छलफल र निष्कर्षमा पुग्नै लाग्दा छलफलमा आएको नाम लिएर आयोगमा दल दर्ताको निवेदन दिएको भन्दै प्रश्न गरेका हुन् ।
‘नामको प्रस्तावक को हो, त्यो त अवगत नै होला,’
उनले विप्लवलाई विभिन्न आठवटा प्रश्न गरेका छन् । यस्ता छन् नेता दाहालका प्रश्नहरू :
अन्ततः यही बाटोमा आउनु थियो भने जनविश्वास आर्जन गरेको एकताबद्ध र मजबुत केन्द्रीकरण भएको पार्टी किन बिभाजित गरेको ?नेता, कार्यकर्ता र जनताको मनोविज्ञान किन बिभाजित गरेको श्रद्धेय अध्यक्ष कमरेड प्रचण्डलगायत माओवादीका नेताहरूलाई मार्न बम किन बिछ्याएको ?अरू पार्टीलाई भोट हाल्न लगाएर माओवादीलाई किन हराउन लागेको ?आफ्नै पार्टीको केन्द्रीय समितिको बहुमत केन्द्रीय समिति सदस्यको निर्णय अस्वीकार गरी लेनिनवादी सङ्गठनात्मक पद्दतिलाई अस्वीकार गर्दा (नेकपा बहुमत ) बनाउनु पर्ने बाध्यता किन सृजना गरेको ?
अत्यधिक केन्द्रीय सदस्य एकताको पक्षमा हुँदाहुँदै एकता नगरी फेरि त्यही अवस्था सृजना गर्न खोजेको हो ?
वार्ता टोलीमा नाम र चुनाब चिन्हको बारेमा छलफल र निष्कर्षमा पुग्नै लाग्दा छलफलमा आएको नाम लिएर निर्वाचन आयोगमा दल दर्ताको निवेदन किन दिएको ?
गएका १३ वर्षमा अध्यक्ष नै दिएर पुरस्कृत गर्नु पर्ने गरी के योगदान गरेको छ र अध्यक्ष मागेको ?
विचार मिल्नेसँग एकताको लागि वार्ता जारी रहँदारहँदै बिना जानकारी ओलीजी सँग पनि एकताको लागि संवाद किन सुरू गरेको ?
माओवादी केन्द्रका नेता दाहालले विप्लवलाई भनेका छन्, ‘दर्जनौ यक्ष प्रश्नको जवाफ त दिनैपर्छ महोदय । इतिहासप्रति न्याय गर्न पनि आत्मसमीक्षा र कमजोरीको स्वीकारोक्ति त गर्नुपर्ला नि ।’





















