पोखराको लेकसाइडस्थित वडा प्रहरी कार्यालय बैदामले तिहारमा खेलेको देउसी भैलो कार्यक्रमबाट संकलित रकमले मोटरसाइकल किनेको छ। देउसी भैलो कार्यक्रमबाट संकलित २ लाख २१ हजार ५१४ रुपैयाँमा कार्यालयका तर्फबाट केही रकम थप गरेर २ लाख २४ हजार ९७० रुपैयाँमा कार्यालय प्रयोजनका लागि मोटरसाइकल खरिद गरेको कास्की प्रहरीका सूचना अधिकारी डिएसपी हरिबहादुर बस्नेतले बताए।
प्रतिक्रिया जनाउनुहाेस्



























