काठमाडौँ । प्रतिनिधि सभाले एक महिनासम्म सभाले कार्यसम्पादन गर्ने विषयको कार्यतालिका बनाउन सक्ने भएको छ । प्रतिनिधि सभा कार्यसञ्चालन नियमावली मस्यौदा समितिले एक महिनासम्मको कार्यतालिका तयार पारेर प्रकाशन गर्न सक्ने व्यवस्था गरेको हो।
नियमावलीको मस्यौदा केही बेरमा समितिले सभामुख डोलप्रसाद अर्याललाई बुझाउने तयारी गरिरहेको छ ।
मस्यौदाको दफा १२ (४) मा एक महिनासम्मको कार्यतालिका बनाउन सक्ने व्यवस्था गरिएको छ । दफा १२ को दैनिक कार्यसूची शीर्षकको उपदफा (४) मा लेखिएको छ, ‘सभाले सुव्यवस्थित ढङ्गले कार्यसम्पादन गर्ने सम्बन्धमा एक महिना सम्मको कार्यतलिका बनाइ प्रकाशन गर्न सक्नेछ।
प्रतिक्रिया जनाउनुहाेस्


























