विज्ञापन

नेतान्याहुप्रति ट्रम्पको कडा रवैया, भन्छन्- म नभएको भए इजरायल पनि हुने थिएन

विज्ञापन
Image
विज्ञापन

३ असार, काठमाडौं । जी-७ शिखर सम्मेलनमा पत्रकारहरूसँग कुरा गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कडा आलोचना गरेका छन्। ट्रम्पले लेबनानमा इजरायलले गरेका हमलाहरूलाई ‘अनावश्यक’ भनेका छन्।

यसअघि नेतन्याहुले अमेरिका र इरानबीचको शान्ति सम्झौताप्रति कुनै खास सकारात्मक दृष्टिकोण देखाएका थिएनन् र इरानसँगको कडा रवैयालाई निरन्तरता दिने संकेत गरेका थिए।

इजरायलको सन्दर्भमा ट्रम्पले भने, ‘इजरायलले हिजबुल्लाहसँग आवश्यकताभन्दा धेरै लामो समयदेखि लडिरहेको छ, जसका कारण धेरै मानिसको मृत्यु भइरहेको छ। कसैको खोजीमा पूरा क्षेत्र ध्वस्त पार्नु बुद्धिमानी होइन, किनभने त्यहाँ सर्वसाधारण पनि बस्छन्। त्यहाँ बस्ने सबै हिजबुल्लाहका होइनन्।’

उनले थपे, ‘म इजरायललाई सल्लाह दिन्छु कि हिजबुल्लाहसँग सीरियालाई लड्न दिइयोस्। मलाई लाग्छ उनीहरूले इजरायलभन्दा राम्रो गर्न सक्छन्। सम्झौतामा हस्ताक्षर भइरहेकै बेला बेरुतमा आक्रमण भयो। मलाई यो कुरा मन परेन र मैले उनीहरूलाई यो कुरा भनिसकेको छु।’

ट्रम्पले सीरियाली राष्ट्रपति अहमद अल शरालाई उल्लेख गर्दै भने, ‘यदि इजरायलले कसैलाई नमारी आफ्नो काम गर्न सक्दैन भने सीरियाली राष्ट्रपतिले मेरो लागि यो काम गर्नेछन्। सीरियाले यो काम गर्नेछ।’
उनले अगाडि थपे, ‘हामी बिना इजरायल नै हुने थिएन। म बिना इजरायल हुन्थेन, किनभने कुनै पनि अमेरिकी राष्ट्रपतिले उनीहरूका लागि मैले जति गरेको छैन।’

नेतन्याहुप्रति कडा रवैया र लेबनानको तारिफ

नेतन्याहुसँगको आफ्नो सम्बन्धबारे ट्रम्पले भने, ‘बीबी (बेन्जामिन नेतन्याहु) सँग मेरो राम्रो सम्बन्ध छ। तर बीबीले अब लेबनानको मामिलामा अझ बढी जिम्मेवार हुन आवश्यक छ। लेबनान कुनै बेला एक महान देश थियो, जहाँ ठुल्ठूला प्रोफेसर, डाक्टर र वकिलहरू थिए।’

उनले थपे, ‘यो बौद्धिकहरूको देश थियो। तर अहिले त्यहाँको अवस्था भयानक छ। लेबनानमा धेरै नराम्रो भयो। उनीहरूले आफ्नो सुरक्षा गर्न सकेनन्। उनीहरूसँग हिजबुल्लाह छ जुन उनीहरूका लागि समस्या बनेको छ।’

ट्रम्पले अगाडि भने, ‘इजरायलले हिजबुल्लाह र लेबनानमा सही ढङ्गले काम गरेन। उनीहरूले यो काम छिटो गर्नुपर्थ्यो। यो त सधैँ चलिरहेको छ। यस्तो हुँदा एउटा राम्रो सम्झौतामा नराम्रो असर पर्छ।’

अमेरिका र इजरायलबीचको चिसिँदो सम्बन्ध

पछिल्ला केही दिनदेखि नेतन्याहु र ट्रम्पबीचको सम्बन्धमा चिसोपन देखिएको छ।

इरान र अमेरिकाको शान्ति सम्झौतालाई लिएर पनि इजरायलमा कुनै खास सकारात्मक प्रतिक्रिया देखिएको छैन। घरेलु राजनीतिक दबाबपछि नेतन्याहुले भनेका थिए, ‘सम्झौता होस् वा नहोस्, जबसम्म म इजरायलको प्रधानमन्त्री छु, इरानसँग कुनै आणविक हतियार हुनेछैन।’

इरानसँग अमेरिकाको शान्ति वार्ता चलिरहेको बेलै पनि इजरायलले लेबनानमा कैयौँ हमला गर्‍यो। यसप्रति इरानले कडा असन्तुष्टि जनाउँदै लेबनानमा युद्धविराम पनि यस शान्ति सम्झौताको हिस्सा भएको दाबी गर्‍यो।

अमेरिका वा ट्रम्पले इरानको यस दाबीको पुष्टि त गरेका छैनन्, तर ट्रम्पले सम्झौतामा वार्ता भइरहेको बेला लेबनानमा भएका इजरायली हमलाहरूको कडा आलोचना गरेका छन् र फोनमा नेतन्याहुलाई कडा हप्काएका पनि थिए।

इरानसँगको सम्झौताबारे ट्रम्प के भन्छन् ?

बीबीसीका संवाददाता टम बेटमेनका अनुसार ट्रम्पका यी भनाइहरूले उनी नेतन्याहुसँग कति रिसाएका छन् भन्ने देखाउँछन्। ट्रम्पले इरानसँगको शान्ति सम्झौतामा हस्ताक्षर गर्नै लाग्दा बेरुतमा भएको आक्रमणको कुरा गरिरहेका थिए।

उनले इजरायली हमलाहरूलाई अत्यधिक र अनावश्यक बताए। उनले नेतन्याहुलाई अझ बढी जिम्मेवार हुन सल्लाह दिए। इजरायलले हिजबुल्लाहको खतरासँग जुध्नका लागि यी हमला गरिरहेको तर्क गर्दै आएको छ, तर अमेरिकी राष्ट्रपतिले भने यसका लागि इजरायलले चाहिनेभन्दा बढी बल प्रयोग गरिरहेको बताए।

ट्रम्पले यदि नेतन्याहुले यो काम गर्न सक्दैनन् भने सीरियाले यो काम गर्नेछ भन्नु निकै ठूलो भनाइ हो, विशेषगरी लेबनानको विविधतापूर्ण समाज र यसको पीडादायी इतिहासलाई हेर्दा।

ट्रम्पलाई थाहा छ- मध्यपूर्व संकट समाधान गर्ने अमेरिकी प्रयासहरू लेबनानमा शान्ति नल्याई सफल हुन सक्दैनन्। त्यसैले उनी इजरायलप्रति आफ्नो धैर्य गुमाउँदैछन्।

(बीबीसी हिन्दीबाट)

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन