प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट अर्थमन्त्री डा स्वर्णिम वाग्लेले जवाफ दिने भएका छन् ।
आगामी आर्थिक वर्ष २०८३–८४ को वार्षिक विनियोजित बजेटमाथि प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ प्रधानमन्त्री बालेनको तर्फबाट अर्थमन्त्री वाग्लेले जवाफ दिने भएका हुन् ।
प्रधानमन्त्री बालेनले रक्षा मन्त्रालय पनि आफैँसँग राखेका छन् । उक्त मन्त्रालयको जावाफ पनि अर्थमन्त्रीले दिने भएका छन् ।
प्रधानमन्त्री बालेनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयका विभिन्न शीर्षकहरूमाथिको छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्रीले दिनुपर्ने थियो । यसमा पनि प्रधानमन्त्री नजाने भएका छन् ।
प्रतिक्रिया जनाउनुहाेस्





























