विज्ञापन

केन्द्रिय समितिमा सुरक्षित हुन सुधन, सुनिल र भूपदेवले दिएनन उम्मेदवारी ।

विज्ञापन
Image
विज्ञापन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्यका लागि कडा प्रतिस्पर्धा हुने देखिएको छ । आज हुने केन्द्रीय समिति निर्वाचनमा चार सयभन्दा बढीले उम्मेदवारी दिएका छन् ।

रास्वपामा विधान संशोधन गरेर केन्द्रीय सदस्य संख्या १५८ पुर्‍याइएको छ । त्यसमध्ये ९९ जना केन्द्रीय सदस्यका लागि निर्वाचन हुन लागेको हो । ५१ जना सभापतिले मनोनित गर्ने छन् । बाँकी ७ जना प्रदेश सभापतिहरु पदेन केन्द्रीय सदस्य हुने व्यवस्था छ ।

विभिन्न समूहहरूबाट समायोजन भएर रास्वपामा आएकाहरुलाई समेट्नका लागि सभापतिले मनोनित गर्ने व्यवस्था गरिएको हो । संसदीय निर्वाचनअघि बालेन शाह, विवेकशील साझा, लगायत विभिन्न समूह रास्वपामा मिसिएका थिए । उनीहरुमध्ये निर्वाचनमा जान नचाहेकाहरुलाई सभापति मनोनित गर्ने भएका छन् ।

रास्वपा महामन्त्री रहेका भूपदेव शाहले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएनन् । महामन्त्रीमा दोहोरिने चाहना राखेका उनलाई सभापतिले केन्द्रीय समितिमा मनोनीत गर्ने भएका छन् । निर्वाचनमा जाँदा ‘रिस्क’ हुने भएकाले उनले मनोनीत हुने विकल्प रोजेका हुन् ।

रास्वपामा एकजना महामन्त्री पनि मनोनीत हुने व्यवस्था गरिएको छ । त्यसमा भूपदेवको दाबी रहेको बुझिन्छ ।

हाल गृहमन्त्री रहेका सुधन गुरुङले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छैनन् । उनी पनि मनोनीत भएर केन्द्रीय सदस्यमा आउने सम्भावना छ । सुधन रास्वपा सचिवालय सदस्यका आकांक्षी हुन् । उनी चितवनमै भए पनि महाधिवेशनस्थलमा त्यति देखिएका छैनन् ।

प्रधानमन्त्री तथा वरिष्ठ नेता वालेन्द्र शाहसँग अति निकट भौतिक पूर्वाधारमन्त्री सुनील लम्सालले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दिएनन् । उनलाई पनि सभापतिले मनोनयन गरेर केन्द्रीय समितिमा लैजाने छन् । लम्साल उपसभापतिका आकांक्षी हुन् । रास्वपामा सभापतिले एकजना उपसभापति मनोनयन गर्ने व्यवस्था छ । त्यसमा लम्सालले दाबी गरेका छन् ।

स्रोतका अनुसार बालेन शाहको समूहबाट समायोजन भएर आएका २६ जनामध्ये सांसद र मन्त्री रहेकाहरूले केन्द्रीय उम्मेदवारी दर्ता गरेका छन् । सांसद र मन्त्री बन्न नपाएहरूमध्ये रोहन कार्की र आरके ढुंगानाले मात्रै उम्मेदवारी दिएको बुझिएको छ ।

प्रधानमन्त्री तथा वरिष्ठ नेता वालेन्द्र शाहसँग अति निकट भौतिक पूर्वाधारमन्त्री सुनील लम्सालले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दिएनन् । उनलाई पनि सभापतिले मनोनयन गरेर केन्द्रीय समितिमा लैजाने छन् । लम्साल उपसभापतिका आकांक्षी हुन् । रास्वपामा सभापतिले एकजना उपसभापति मनोनयन गर्ने व्यवस्था छ । त्यसमा लम्सालले दाबी गरेका छन्

बालेन समूहबाट आएकामध्ये शिक्षामन्त्री सस्मित पोखरेल र सांसदहरू केपी खनाल, खगेन्द्र सुनार लगायतले उम्मेदवारी दिएको बुझिएको छ ।

यी हुन् बालेनको टीमबाट समायोजन भएर आएका २६ जना बालेन्द्र शाह वरिष्ठ नेता ,सुनिल लम्साल,भुपदेव शाह सस्मित पोखरेल ,सागर ढकाल,लक्ष्मण थारु,रमेश पौडेल,खगेन्द्र सुनार,गणेश पौडेल,सन्तोष गिरी,नमिता यादव,सरिता ज्ञवाली,जेम्स कार्की,सुशान्त वैदिक,लक्ष्मी बर्देवा,शिव यादव,रोहन कार्की,अनन्तराज घिमिरे,रामकुमार ढुंगाना,प्रदीप ज्ञवाली,मधुसुधन ढकाल,ओजश्वी थापा,केपी खनाल,आदित्य आचार्य,प्रदीप पाण्डे ,खेमराज साउद बालेन समूहबाट आएकामध्ये शिक्षामन्त्री सस्मित पोखरेल र सांसदहरू केपी खनाल, खगेन्द्र सुनार लगायतले उम्मेदवारी दिएको बुझिएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन