राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षका लागि आफू चुनाव लड्ने ज्ञानेन्द्र शाहीले घोषणा गरेका छन् । हिजो चितवनमा पार्टीको कार्यक्रममा सम्बोधन गर्दै आउँदो महाधिवेशनमा आफू राप्रपा अध्यक्षमा उम्मेदवारी दिने ज्ञानेन्द्रले बताएका छन् ।
यसअघि नै ज्ञानेन्द्रले राजेन्द्र लिङ्देनले चुनावमा भएको पराजितको जिम्मेवारी लिँदै अध्यक्षबाट राजीनामा दिन आग्रह गरेका थिए ।
प्रतिक्रिया जनाउनुहाेस्































