विज्ञापन

महाधिवेशनबाट नयाँ नेतृत्व आउँछ: प्रचण्ड

विज्ञापन
Image
विज्ञापन

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी राष्ट्रिय महाधिवेशनबाट पार्टीले नयाँ नेतृत्व चयन गर्ने स्पष्ट पारेका छन्। केन्द्रीय समितिको भर्चुअल बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नेतृत्व परिर्वतनका विषयमा बाहिर भइरहेका विभिन्न प्रचारबाजी र भ्रमहरूलाई चिर्ने प्रयास गरेका हुन्।

बैठकमा बोल्दै प्रचण्डले भने, “बाहिर नेताहरूले नेतृत्व छोड्दैनन् कि भन्ने व्यापक भ्रम फैलाइएको छ, तर त्यसो होइन। हामी आगामी मंसीर ११ देखि १५ गतेसम्म पार्टीको महाधिवेशन गर्दैछौं र त्यही महाधिवेशनबाट नयाँ नेतृत्व आउँछ।”

उनले आफूहरूलाई पदमा बसिराख्ने कुनै व्यक्तिगत रूचि नरहेको प्रष्ट पार्दै नेतृत्व हस्तान्तरण प्रक्रियागत रूपमा मात्र हुने बताए। “हामी पदमा टाँसिरहन चाहँदैनौं, तर प्रक्रिया पुर्‍याएर मात्र जिम्मेवारी छोड्छौं,” उनले थपे।

नेतृत्व परिवर्तनको मापदण्डबारे चर्चा गर्दै प्रचण्डले उमेर र कार्यकालका स्थापित मान्यताहरूबारे मध्यमार्गी धारणा राखे। उनले नमरिञ्जेल पदमै बसिरहने प्रवृत्ति र केवल उमेरकै आधारमा नेतृत्व छोड्नुपर्छ भन्ने दुवै अतिवादी मत सही नभएको जिकिर गरे। उमेरभन्दा पनि पार्टीको विचार र कार्यदिशा मुख्य हुने उनको भनाइ थियो।

“हामी केवल नेतृत्व बदल्नका लागि मात्र कुदिरहेका छैनौँ। हामी सही विचार, क्रान्तिकारी कार्यदिशा र बलियो संगठनात्मक सिद्धान्तसहितको सक्षम नयाँ नेतृत्व निर्माणको पक्षमा छौँ,” प्रचण्डले बैठकमा स्पष्ट पारे।

पार्टीभित्र वैचारिक स्पष्टता र संगठनात्मक सुदृढीकरण आवश्यक रहेको औंल्याउँदै उनले आगामी महाधिवेशनलाई नीति र नेतृत्व दुवै हिसावले ऐतिहासिक बनाउने दाबी गरे।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन