विज्ञापन

मन्त्री पदमा सम्झौता गरेर महामन्त्रीबाट उम्मेदवारी फिर्ता लिएको होइन : बुर्लाकोटी

विज्ञापन
Image
विज्ञापन

२५ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक कबिन्द्र बुर्लाकोटीले पार्टीको आन्तरिक सुदृढीकरण र एकताका लागि आफूले महामन्त्री पदको उम्मेदवारी फिर्ता लिएको बताएका छन् ।

संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले आफू मन्त्री बन्ने शर्तमा सम्झौता गरेर महामन्त्री पदबाट उम्मेदवारी फिर्ता लिएको भन्नेबारे हल्लामात्रै रहेको जिकिर गरे ।

पार्टीको प्रथम महाधिवेशनमा संस्थापक महामन्त्रीका रूपमा आफ्नो दाबेदारी स्वाभाविक भएपनि अन्य ९ जनाको पनि चाहना देखिएकाले पार्टीलाई एकढिक्का बनाउन आफूले त्याग गरेको उनको जिकिर थियो ।

‘पार्टी वृहत बनोस् र यसले देश निर्माणमा प्रभावकारी भूमिका खेलोस् भन्ने निस्वार्थ मनशायले मैले उम्मेदवारी फिर्ता लिएको हुँ । मन्त्री बन्ने सर्तमा सम्झौता भएको भन्ने कुरा केवल हल्ला मात्र हुन्, यसमा कुनै सत्यता छैन,’ उनले भने ।

सुकुम्बासी समस्याका सम्बन्धमा बोल्दै उहाँले सरकार यस विषयमा गम्भीर रहेको र समाधानका लागि प्रयासरत रहेको बताए ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन