२९ असार, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ को तयारीमा रहेको नेपाली क्रिकेट टोलीले , जर्सीसँग पहिलो एकदिवसीय खेल खेल्दै छ ।
नेपाल र जर्सीबीचको खेल नेपाली समयअनुसार पौने ४ बजेदेखि सुरु हुनेछ । खेल जर्सीको ग्रेनविल क्रिकेट ग्राउन्डमा हुनेछ ।
नेपालले जर्सीसँग पछिल्लोपटक सन् २०१० को डिभिजन फाइभमा एकदिवसीय खेल खेलेको थियो । त्यस्तै सन् २०१५ मा टी-२० विश्वकप छनोटमा खेलेको थियो ।
सन् २०१५ को टोलीबाट नेपालका सोमपाल कामी र करण केसी तथा जर्सीका चार्ल्स पर्चार्ड र जोन्टी जेनर टोलीमा छ?न् । यस्तै काउन्टी खेल्ने असा ट्राइबका दाई ज्याक ट्राइब पनि टोलीमा छन् ।
जर्सीसँग बुधबार अर्को एकदिवसीय खेल खेलेपछि नेपालले नेदरल्यान्ड्समा नामिबिxया पनि सम्मिलित लिग २ को त्रिदेशीय शृङ्खला खेxल्नेछ ।
प्रतिक्रिया जनाउनुहाेस्



























