विज्ञापन

प्रधानमन्त्री बालेन शाहले आज उद्योगी–व्यवसायीसँग भेट्दै

विज्ञापन
Image
विज्ञापन

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले बुधबार निजीक्षेत्रका प्रतिनिधिसँग प्रत्यक्ष छलफल गर्ने भएका छन् । शाह प्रधानमन्त्री बनेपछि पहिलोपटक निजीक्षेत्रका प्रतिनिधिसँग संवाद गर्न लागेका हुन् ।

प्रधानमन्त्री शाह र निजीक्षेत्रका प्रतिनिधिबीच बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भेटवार्ता हुने भएकाे हाे ।

बैठकमा मुलुकको आर्थिक अवस्था, निजीक्षेत्रका चुनौती तथा सरकारसँगको सहकार्यका विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।

प्रधानमन्त्रीकाे सचिवालयका अनुसार बुधबार नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सलगायत निजीक्षेत्रका संस्थाका प्रतिनिधिहरूसँग वार्ता हुने भएकाे हाे ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालका अनुसार प्रधानमन्त्रीको निमन्त्रणामा निजीक्षेत्रका प्रमुख छाता संगठनका नेतृत्वलाई बैठकमा बोलाइएको हो ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन