काठमाडाैँ। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालललाई काठमाडाैँमा ल्याइएकाे छ। आइतबार धनगढीबाट सेनाकाे हेलिकाेप्टरमार्फत उनलाई काठमाडाैँ ल्याइएकाे हाे। मन्त्री लम्सालकाे सचिवालयका अनुसार उनकाे वीरेन्द्र अस्पताल छाउनीमा उपचार भइरहेकाे छ।
शनिबार दार्चुलाबाट बैतडीको गोठालापानी पुगेका मन्त्री लम्साललाई भाइरल ज्वरो र रुघाको सङ्क्रमण देखिएको थियो। उनी गोठालापानीस्थित हेरिटेज होटेलमा बसेका थिए। स्वास्थ्यमा समस्या आएको थाह पाएपछि जिल्ला अस्पतालका एमडीजीपी डा. पविन उपाध्याय बिहान पौने ९ बजे मन्त्री लम्साल बसेको होटेलमै पुगेका थिए।
पूर्वाधार विकासमन्त्री लम्साल कसरी भए बिरामी ?
पूर्वाधार विकासमन्त्री लम्साल कसरी भए बिरामी ?
उपाध्यायका अनुसार मन्त्री लम्साललाई निद्रा अपुग, मुटुको धड्कन बढेको समस्या देखिएको थियो। डा.उपाध्यायले रातोपाटीसँग भने,’मन्त्री ज्यूले आफै सवारी चलाएकाले पनि होला निद्रा अपुग भएको देखियो । धनगढीबाट बैतडी आउँदा चिसो पनि भयो । धनगढीमा अलिक गर्मी र बैतडीमा चिसो भएकाले पनि तापक्रम मिलेन । उहाँको कार्य व्यस्तता र तापक्रम नमिलेर पनि गाह्रो भएको हो।’




























