विज्ञापन

कोशी प्रदेशमा नेकपाले पाउने तीन मन्त्रालय र तीन मन्त्रीको टुङ्गो एउटा मन्त्रालय बारे छलफल जारी

विज्ञापन
Image
विज्ञापन

विराटनगर । कोशी प्रदेश सरकारमा सहभागी हुने अन्तिम तयारीमा रहेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पाउने तीन मन्त्रालयको टुङ्गो लागेको छ । नेकपा संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र मुख्यमन्त्री हिक्मतकुमार कार्कीबिच तीन मन्त्रालयका विषयमा सहमति जुटेको हो । जसमा नेकपाले भौतिक पूर्वाधार विकास मन्त्रालय, पर्यटन, वन तथा वातावरण मन्त्रालय र सामाजिक विकास मन्त्रालय पाउने टुङ्गो लागेको छ ।

यस्तै,आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा नेकपाले दाबी गरेको छ । एमालेले भने उद्योग, कृषि तथा सहकारी मन्त्रालय लिन आग्रह गरेको छ । दलका नेता आङ्बोले आफूहरूले माग गरेको आन्तरिक मामिला मन्त्रालयमा सहमति जुट्न नसकेको बताए । नेकपाले ४ मन्त्रालय पाउने दुई पार्टीबिच यसअघि नै सहमति भएको छ ।

कोशीमा एमालेको भागमा मुख्यमन्त्रीसहित आर्थिक मामिला तथा योजना, खानेपानी तथा सिँचाइ र स्वास्थ्य पाउने टुङ्गो भइसकेको छ भने कृषि र आन्तरिक मामिला मध्ये एक मन्त्रालयको बारेमा टुङ्गो लागेको छैन ।

यसैबिच, नेकपाले तीन जना मन्त्री र एक राज्यमन्त्रीको नाम टुङ्ग्याएको स्रोतले बताएको छ । जसमा मोरङका जीवन आचार्य, सोलुखुम्बुका गोम्बु शेर्पा र इलामकी खिनु लङ्वा लिम्बू रहेका छन् ।

यस्तै, राज्यमन्त्रीमा सपना दर्जीको नाम टुङ्गिएको छ । अर्को एक जना मन्त्रीमा राजन किराती, दुर्गा चापागाईँ र गीता तिम्सिनामध्ये एक जनालाई छनौट गर्ने विषयमा नेकपामा सहमति जुट्न सकेको छैन ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन