विज्ञापन

लुम्बिनीमा तीन मन्त्रीले भोलि शपथ लिने

विज्ञापन
Image
विज्ञापन

बुटवल । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री चेतनारायण आचार्यले नियुक्त गरेका तीन मन्त्रीले भोलि शपथ लिने भएका छन् । मुख्यमन्त्री आचार्यले मन्त्रीका लागि सिफारिस गरेका नाम प्रदेश प्रमुखको कार्यालयमा पठाएपछि प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले भोलि दिउँसो ३ः२५ बजे शपथ गराउने तयारी भएको प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी काशीराम पन्थीले रुपान्तरण खबर लाई बताए।

‘भोलि दिउँसो मन्त्रीहरूको शपथग्रहण हुन्छ। हामी त्यसैअनुसार तयारीमा लागेका छौँ,’ पन्थीले भने। मुख्यमन्त्री आचार्यले नेकपाबाट दाङका इन्द्रजित थारूलाई आर्थिक मामिला तथा योजना, रोल्पाका दीपेन्द्र पुन ‘सिजल’लाई स्वास्थ्य तथा बर्दियाकी कृष्णाकुमारी थारूलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री नियुक्त गरेका छन्।

मन्त्री बन्न लागेका तीनै जना पूर्वमाओवादी पृष्ठभूमिका हुन् । थारू र पुन यसअघि पनि मन्त्री भइसकेका छन्। यसैबिच, नेकपाभित्र पूर्वनागरिक उन्मुक्ति पार्टी र समाजवादी पृष्ठभूमिका सांसदलाई मन्त्री नबनाइएको विषयमा असन्तुष्टि बढेको छ। पूर्वनागरिक उन्मुक्ति पार्टीका सांसद राजकुमार चौधरीले सभामुखलाई पत्र लेख्दै आफूहरूले सरकारलाई विश्वासको मत दिए पनि अब प्रतिपक्षमा बस्ने जानकारी गराएका छन्। उनले सोहीअनुसार प्रतिपक्षको कुर्सी व्यवस्थापन गर्न माग गरेका छन्।

तीन मन्त्री थपिएसँगै लुम्बिनी प्रदेश सरकारमा मुख्यमन्त्रीसहित मन्त्रीको संख्या १० पुग्नेछ। यसअघि एमालेबाट मुख्यमन्त्रीसहित पाँच जना र जसपा नेपालबाट दुई जना मन्त्री रहेका छन्।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन