धनगढी । सुदूरपश्चिम प्रदेशका माननीय मुख्यमन्त्री खगराज भट्टले शिक्षाको गुणस्तर सुधारका लागि बजेटको समानुपातिक र आवश्यकतामा आधारित वितरण हुनुपर्ने बताउनुभएको छ।
वर्ल्ड भिजनको समन्वयमा नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले धनगढीमा आयोजना गरेको प्रदेशस्तरीय विद्यालय दिवा खाजा सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्री भट्टले शैक्षिक सुधारसँगै विद्यालयका भौतिक पूर्वाधार निर्माणलाई पनि सँगसँगै अघि बढाउनुपर्ने बताउनुभयो।
कतिपय विद्यालयमा आवश्यकताभन्दा बढी भौतिक संरचना निर्माण हुने तर कतिपय विद्यालयमा आधारभूत पूर्वाधारसमेत अभाव रहेको उल्लेख गर्दै उहाँले यस्तो असमान अवस्थालाई अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो। “कतै भवनै भवन हुने र कतै भवनको अभाव हुने गरी बजेट वितरण हुनुहुँदैन,” उहाँले भन्नुभयो।
मुख्यमन्त्री भट्टले प्रदेशमा विकास बजेटको प्रभावकारी कार्यान्वयनसँगै सुशासन कायम गर्न सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले नेपाल पत्रकार महासंघ र सञ्चारकर्मीहरूलाई सुशासनका पक्षमा साथ दिन तथा सरकारका कामकारबाहीमा निरन्तर खबरदारी गर्न आग्रह गर्नुभयो।
हाम्रा नीति तथा योजनाहरू अझै पनि अपेक्षाअनुसार परिणाममुखी बन्न नसकेको स्वीकार गर्दै मुख्यमन्त्री भट्टले यस्तै कमजोरीका कारण विद्यालय दिवा खाजा कार्यक्रमसमेत अपेक्षाकृत प्रभावकारी बन्न नसकेको बताउनुभयो। दिवा खाजा कार्यक्रमलाई थप व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउन आवश्यक रहेको उहाँको भनाइ थियो।
“भोको पेटले पहिले शिक्षा होइन, खाना खोज्छ,” मुख्यमन्त्री भट्टले भन्नुभयो, “त्यसैले विद्यालयमा अध्ययन गर्ने बालबालिकाको पोषण र शिक्षालाई सँगसँगै अघि बढाउन दिवा खाजा कार्यक्रमलाई थप व्यवस्थित बनाउनुपर्छ।”
उहाँले राष्ट्रलाई सही दिशामा अघि बढाउन दृढ संकल्प र इच्छाशक्ति आवश्यक रहेको बताउँदै प्रदेश निर्माणको अभियानमा सबैले आ–आफ्नो क्षेत्रबाट जिम्मेवार भएर योगदान गर्नुपर्नेमा जोड दिनुभयो।
सुदूरपश्चिमको समग्र विकास र समृद्धिका लागि अब दृढ इच्छाशक्तिका साथ अघि बढ्नुपर्ने उल्लेख गर्दै मुख्यमन्त्री भट्टले प्रदेश सरकारका नीति, योजना र कार्यक्रमलाई क्रमशः परिणाममुखी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो।
विज्ञापन

शिक्षाको गुणस्तर सुधारका लागि बजेटको समानुपातिक र आवश्यकतामा आधारित वितरण हुनुपर्ने :मुख्य मन्त्री भट्ट
विज्ञापन

विज्ञापन
प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

नयाँ प्रकाशित
विज्ञापन

विज्ञापन

# ट्रेण्डिङ
विज्ञापन

विज्ञापन
















