विज्ञापन

३ महिनापछि खुल्यो आईपीओ, कस्तो छ आईपीओ खुलेको बेनी हाइड्रोपावर ?

विज्ञापन
Image
विज्ञापन

२२ भदौ, काठमाडौं । तीन महिनापछि बल्ल सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) खुलेको छ । पहिले नै धितोपत्र बोर्डबाट स्वीकृति पाएको बेनी हाइड्रोपावर प्रोजेक्टको सोमबारदेखि आईपीओ खुलेको हो । यसअघि जेठ २८ गते सर्वोत्तम पेन्ट्सको आईपीओ खुलेको थियो ।

कम्पनीले जारी पूँजी १ अर्ब ४ करोड रुपैयाँको २० प्रतिशत अर्थात् २० लाख ८० हजार कित्ता सेयर सर्वसाधारण समूहमा निष्कासन गर्न लागेको हो ।

जसमध्ये आयोजना प्रभावित स्थानीय, वैदेशिक रोजगारीमा रहेका तथा सामुहिक लगानी कोषका लागि छुट्याएपछि बाँकी रहेको ८ लाख ६३ हजार २ सय कित्ता सेयर आजदेखि आम सर्वसाधारणका लागि खुलेको हो ।

अंकित मूल्य १ सयका दरले कम्पनीको आईपीओमा आवेदन दिन सकिनेछ । न्यूनतम १० तथा अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने बिक्री प्रवन्धक एनएमबी क्यापिटलले जनाएको छ । अनलाइन प्रणाली मेरो सेयर वा सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका शाखाबाट छिटोमा भदौ २६ गतेसम्म आवेदन दिन सकिनेछ ।

कस्तो छ कम्पनी ?

बेनी हाइड्रोपावरले सोलुखुम्बु जिल्लाको सोलु खोलाबाट १९.८ मेगावाट क्षमताको माथिल्लो सोलु खोला जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ ।

उत्पादन अनुमतिपत्रको अवधि २४ वर्ष बाँकी रहेको छ । जुन आयोजनाको प्रतिमेगावाट लागत १९ करोड ४७ लाख रुपैयाँ छ । साधारण लगानी फिर्ता अवधि ५.७८ वर्ष र डिस्काउन्टमा लगानी फिर्ता अवधि ८.१५ वर्ष रहेको छ । कम्पनीले आईपीओबाट उठेको रकमबाट बैंकको ऋण भुक्तानी गर्नेछ ।

गत पुस मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर नेटवर्थ ११२ रुपैयाँ, प्रतिसेयर आम्दानी २१.१७ रुपैयाँ तथा सञ्चित नाफा १० करोड ३४ लाख रुपैयाँ छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन