बेइजिङ । चीनको दक्षिणपश्चिमी तिब्बत स्वायत्त क्षेत्रको केरुङ (ग्यिरोङ) काउन्टीमा गएग्न्ह्गको भीषण पहिरोपछि उद्धार तथा राहत कार्यलाई तीव्रता दिन चिनियाँ राष्ट्रपति सी जिनपिङले उच्चस्तरीय बैठकको अध्यक्षता गरेका छन्।
कम्युनिस्ट पार्टीको हाइ कमाण्ड बैठकमा भोटेकोशी विपत्तिको एकमात्र एजेण्डा रहेको सीजिटिएनले जनाएको छ।
उनले विनाशकारी पहिरो गएपछि उद्धार तथा राहत कार्यबारे छलफल गर्न र आवश्यक व्यवस्था गर्न पार्टी नेतृत्वको बैठक बोलाएका हुन्।
बैठकको सुरुवातमा चिनियाँ राष्ट्रपति तथा केन्द्रीय सैन्य आयोगका अध्यक्षसमेत रहेका सीसहित अन्य नेताहरूले बुधबार सीमा क्षेत्रमा रहेको केरुङ बन्दरगाहमा गएको विपद्का कारण ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै एक मिनेट मौनधारण गरेका थिए।
प्रतिक्रिया जनाउनुहाेस्





























