नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र नेता डा. शेखर कोइरालाबीच आज भेटवार्ता भएको छ । काठमाडौंको नागपोखरीस्थित म्यारियट होटलमा भएको भेटवार्तामा पार्टीभित्र देखिएको आन्तरिक समस्या समाधानका विषयमा छलफल भएको बताइएको छ ।
उनीहरुबीच भदौ १० गते बुधबारका दिन नेपाल–चीन सीमावर्ती रसुवा,नुवाकोट र धादिङमा आएको विनाशकारी बाढी पछिको अवस्थाबारे पनि छलफल भएको जनाइएको छ ।
उनीहरुले पार्टीभित्रको वर्तमान राजनीतिक परिस्थिति, आन्तरिक एकता तथा समसामयिक विषयमा लामो छलफल गरेका हुन् ।
प्रतिक्रिया जनाउनुहाेस्





























