विज्ञापन

तीन मन्त्रीको मधेश यात्रा : छठमा सहभागी हुने,

विज्ञापन
Image
विज्ञापन

१० कात्तिक, काठमाडौं । नेपाल सरकारका तीन मन्त्रीसहितको टोली आज मधेश प्रदेश जाँदै छ ।

गृहमन्त्री ओमप्रकाश अर्याल, उद्योग र कानुनमन्त्री अनिलकुमार सिन्हा, युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता र गृहसचिव रामेश्वर दंगालसहितको टोली मधेश प्रदेशको राजधानी जनकपुर जान लागेको हो ।

सो टोलीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको तयारी र शान्ति सुरक्षाको व्यवस्थाबारे जानकारी लिने बताइएको छ ।

मन्त्रीहरुको टोली सोमबार र मंगलबार दुई दिन मधेश प्रदेशमा रहने छ ।

त्यसक्रममा उनीहरु सुरक्षा निकायका विभिन्न कार्यालय अवलोकन, सरकारी कार्यालयका प्रमुखहरूसँग अन्तर्क्रिया तथा छठसम्बन्धी कार्यक्रममा पनि सहभागी हुनेछन् ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन