विज्ञापन

डिपोर्ट गरिदिने चेतावनीपछि रद्द भएको थियो दुर्गा प्रसाईंको दिल्ली भ्रमण

विज्ञापन
Image
विज्ञापन

१० कात्तिक, काठमाडौैं । जेनजी आन्दोलनपछि काठमाडौंबाट दिल्ली जान लागेका व्यवसायी तथा अभियन्ता दूर्गा प्रसाईंलाई भारतीयले डिपोर्ट गरिदिने चेतावनी दिएपछि अन्तिम समयमा यात्रा रोक्नुपरेको पाइएको छ ।

राष्ट्र, राष्ट्रियता, धर्मसंस्कृति र नागरिक बचाउ महाभियानका संयोजक रहेका प्रसाईं गत सेप्टेम्बर १७ तारिख अर्थात् असोज १ गते बुधबार अपरान्ह साढे २ बजेको एयर इन्डियाको उडानबाट दिल्ली जाने तयारीमा थिए ।

तर, भारतीय पक्षले त्यसैको बिहान उनलाई जसरी पनि रोक्नुपर्ने भन्दै ‘अनुरोध’ पठाएको थियो । उनको उडान टिकटको प्रतिलिपिसमेत पठाउँदै भारतीय पक्षले उनलाई संवेदनशील अवस्थामा दिल्ली जान नेपालले रोक्नुपर्ने बताएको थियो ।

‘यदि तपाईंहरूले रोक्नुभएन भने हामीले उनलाई दिल्ली एयरपोर्टबाटै फिर्ता पठाइदिनुपर्ने हुन्छ, त्यसो गर्दा दुवै देशलाई राम्रो हुँदैन,’ भारतीय पक्षको आग्रह थियो, ‘त्यसैले तपाईंहरूले यहिँ रोकिदिनुप‍र्‍यो ।’

भारतीय अनुरोध परराष्ट्र हुँदै गृह मन्त्रालय पुग्यो । तर, गृहका अधिकारीले उनलाई नेपालले विदेश जान प्रतिबन्ध लगाउने कुनै मनासिव कानुनी आधार नभएको हुँदै बिना आधार रोक्न अप्ठेरो हुने राय दिए ।

भर्खरै पदमा आएका गृहमन्त्री ओमप्रकाश अर्यालले पनि ‘कानुनले मिल्छ भने रोक्ने हो नत्र कसरी रोक्ने ?’ भनी प्रतिप्रश्न गरेका थिए ।

नेपाली अधिकारीहरूले प्रसाईंको यात्रा रोक्ने अवस्था नभएको जनाउ दिएपछि भारतीय पक्षले नै उनी डिपोर्ट हुनसक्ने जोखिमबारे प्रसाईं नजिकका मानिसलाई जानकारी दिएको थियो ।

त्यसपछि प्रसाईं स्वयंले अन्तिम समयमा यात्रा रद्द गरेका थिए ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन