विज्ञापन

सातामा लगातार दुई दिन बिदाले सिभिल अस्पतालमा भिड बिरामी लाई हैरान

विज्ञापन
Image
विज्ञापन

८ वैशाख, काठमाडौं । सातामा लगातार दुई दिन बिदाले काठमाडौंको सिभिल अस्पतालमा पनि थेगीनसक्नु भिड भएको छ ।

सिभिल अस्पतालमा आज बिहान ओपीडी टिकट लिन गएका बिरामी र तिनका आफन्तहरुको लाइन फनफनी घुमेर क्यान्टिनभन्दा परसम्म पुगेको छ । लामो समयसम्म लाइनमा बस्दा हैरान भएको उनीहरुले बताएका छन् ।

नयाँ सरकार बनेपछि ‘लाइन होइन अनलाइन’ भन्नेहरुलाई सिभिलको लामो लाइनले गिज्याएको छ ।
ओपीडी टिकट लिन सिभिल अस्पतालको लाइनमा बसेका एक बिरामीले दुई–तीन दिनदेखि अनलाइन टिकट काट्ने प्रयास गरे पनि सफल नभएको बताए । अस्पतालका एक कर्मचारीले भने एक–दुई दिनमै समस्या समाधान हुने आश्वासन दिए ।

सिभिल अस्पतालमा अनलाइनबाट टिकट काटे पनि ओपीडी टिकट लिन फेरि लाइन लाग्नुपर्ने बाध्यता रहेको बिरामीहरुको गुनासो छ ।

अहिले सिभिल अस्पतालको बहिरङ्ग विभागको प्राय सबैजसो ढोका अगाडि बिरामीहरुको भिड भद्रगोल जस्तो देखिएको छ ।

सरकारले शनिबार र आइतबार बिदा दिने निर्णय कार्यान्वयन गरेसँगै त्यसको भोलि र पर्सिपल्टसम्म सेवाग्राहीको चाप अत्यधिक हुने गरेको अस्पतालका चिकित्सक तथा कर्मचारीहरु बताउँछन् । भिड व्यवस्थापन हुन नसक्दा स्वास्थ्य उपचार जस्तो अत्यावश्यक सेवा लिन सास्ती खेप्नु परिरहेको छ ।

सातामा दुई दिन बिदाले बीर लगायतका अन्य सरकारी अस्पतालहरुमा पनि ओपीडीमा थेगिनसक्नु बिरामीको भिडले सेवा झनै भद्रगोल अवस्थामा छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन