विज्ञापन

मेल्लेख गा.पा. वडा नम्बर ३को ठाँटीमा उत्कृष्ट शिक्षक र कर्मचारी सम्मानित

विज्ञापन
Image
विज्ञापन

अछाम,

मेल्लेख गाउँपालिका वडा नम्बर ३ स्थित ठाँटीमा आज एक विशेष कार्यक्रमका बीच उत्कृष्ट काम गर्ने शिक्षक तथा कर्मचारीहरूलाई सम्मान गरिएको छ।

वडास्तरीय कार्यक्रममा शिक्षा, सेवा र उत्तरदायित्वप्रति समर्पित रहँदै आएका व्यक्तित्वहरूलाई प्रशंसा पत्र र दोसल्लासहित सम्मान गरिएको हो।

शिक्षक तथा कर्मचारीहरूलाई सम्मान कार्यक्रम , वडा नम्बर ३ का वडा अध्यक्ष नाैले रावलकाे अध्यक्ष्यतामा भएको थियो! कार्यक्रमका प्रमुख अतिथि मेल्लेख गाउँपालिका अध्यक्ष ज्वाला सिङ साउद रहनु भएको थियो!
अध्यक्ष साउदले सम्बोधनका क्रममा बाेल्दै शैक्षिक विकासको लागि सबै पक्ष जिम्मेवार हुनुपर्ने बताएका थिए! शैक्षिक प्रगतिको लागि सबैले सहयोग गर्नुपर्ने बताउनुका साथै आगामी दिनहरुमा पनि  यस्तै  सम्मानित शिक्षक तथा कर्मचारीहरूलाई बधाई दिँदै निरन्तर सेवा भावका साथ काम गर्न प्रेरणा व्यक्त गरे। शिक्षा क्षेत्रलाई सबल र समावेशी बनाउने दिशामा शिक्षकहरूको भूमिकालाई महत्वपूर्ण रहेको बताए।उक्त कार्यक्रममा  विशिष्ट अतिथि मेल्लेख गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष तथा सुशासन समितिका सयाेंजक कुसलराज बुढा रहनु भएको थियो ! उहाँले  शैक्षिक सराेकारवालाले राजनीति भन्दा माथि उठेर काम गर्न आग्रह  समेत गर्नुभएको थियो ।

कार्यक्रममा सम्मानित मध्ये पिपल सैन माविका शिक्षक बल बहादुर बुढा बुगुडा अधारभुत बिद्यालयका कर्मचारी लालबहादुर शाहलाई वडा द्वारा सम्मान गरिएको हाे ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि,बिद्यालय व्यवस्थापन समिति ,शिक्षक अभिभावक संघ, विद्यालयका प्रध्यानाध्यापक, अभिभावक, तथा सामाजिक अगुवाहरूको उपस्थिति रहेको थियो। पिपल सैन माविका प्रधानध्यापक नृप बहादुर बुढाकाे स्वागत मनतव्य बाट सुरु भएको कार्यक्रमकाे संचालन पिपल चाैर माविका प्रधानध्यापक उपेन्द्र शाहले गरेकाे थिए!
तालिम तथा कार्यक्रमकाे सहजिकरण वडा सचिव नरेन्द्र बहादुर शाहले गर्नु भएको थियो।

वडाले आगामी दिनमा पनि यस्ता सकारात्मक प्रयासलाई निरन्तरता दिने प्रतिबद्धता समेत  व्यक्त गरेको हो।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन