बैतडी : नेकपा माओवादी केन्द्र बैतडीको पार्टी कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ।
जिल्ला सदरमुकाम गढीस्थित पार्टी कार्यालयमा शनिबार बेलुका आगजनी भएको स्थानीयले थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए।
सूचना पाएलगत्तै जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलको टोली घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेले जानकारी दिए।
आगजनीबाट कार्यालयको एक कोठामा रहेका कागजात लगायत सम्पुर्ण सामानगरु नष्ट भएका छन् भने झ्याल र ढोकामा समेत क्षति पुगेको प्रहरीले जनाएको छ।
घटनाबाट भएको क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको र आगजनी कसले र किन गर्यो भन्नेबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
प्रतिक्रिया जनाउनुहाेस्





















