विज्ञापन

पूर्वराष्ट्रपतिले फलानो पदमा आउँछु भनेको सुनेको छैन : केपी ओली

विज्ञापन
Image
विज्ञापन

१२ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीबारे पार्टी सचिवालयको बैठकमा पनि टिप्पणी गरेका छन् ।

बैठक स्रोतका अनुसार ओलीले पूर्वराष्ट्रपति भण्डारीबारे अनावश्यक अनुमान गर्न नहुने बताएका थिए ।

‘पूर्वराष्ट्रपतिले राजनीतिमा सक्रिय हुन्छु भन्नु भएको छ, तर फलानो पदमा आउँछु भनेको मैले सुनेको छैन’, ओलीले भनेका थिए, ‘सक्रिय राजनीतिमा आउनलाई त कुनै विधान र कानुनले छेक्दैन । आउन सक्नु हुन्छ ।’

तर जिम्मेवारी सहित सक्रिय हुनलाई भने प्रक्रिया पुरा गर्नुपर्ने ओलीले बताएका थिए ।

‘पार्टीले आवश्यकता महशुस गरेमा, निर्णय लिएमा भन्नुभएको सुन्छु’ ओलीले भने, ‘फलोनो पदमा आउछु भन्नलाई त्यसको विधि छ । हाम्रोमा महाधिवेशनले पदको टुंगो लाउँछ, महाधिवेशनको प्रक्रियाबाट आउनुपर्छ ।’

यदि पार्टीको नेतृत्वमा आउने हो भने प्रतिनिधिबाट चुनिएर आउनुपर्ने पनि ओलीले बताए ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन