विज्ञापन

जसपा नेपालले सङ्घीय लोकतान्त्रिक मोर्चाको कार्यक्रममा सहभागी हुने नेताहरूको नाम टुङ्ग्यायो को कहाँ हेर्नुहोस

विज्ञापन
विज्ञापन

काठमाडौँ ।

जनता समाजवादी पार्टी (जसपा) नेपालले सङ्घीय लोकतान्त्रिक मोर्चाको कार्यक्रममा सहभागी हुने पार्टी नेताहरूको टुङ्गो लगाएको छ । पार्टी अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बसेको केन्द्रीय सचिवालयको बैठकले मोर्चाको उद्देश्य, आवश्यकता र औचित्यबारे जानकारी गराउन विभिन्न आठ स्थानमा मोर्चाले गर्न लागेको कार्यक्रममा पार्टीको तर्फबाट सहभागी हुने नेताको टुङ्गो लगाएको प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन् ।
मोर्चाको साउन १८ गते काठमाडौँको कार्यक्रममा अध्यक्ष उपेन्द्र यादव सहभागी हुनेछन् भने साउन २१ गते भैरहवाको कार्यक्रममा महासचिव रामकुमार शर्मा, साउन २३ गते नेपालगन्जको कार्यक्रममा महासचिव लालबाबु राउत र साउन २५ गतेको कैलालीको कार्यक्रममा उपाध्यक्ष विद्युत् बज्राचार्य सहभागी हुनेछन् ।

त्यसैगरी भदौ १६ गते विराटनगरको कार्यक्रममा सह–अध्यक्ष रकम चेम्जोङ, भदौ १८ गते राजविराजमा हुने कार्यक्रममा उपाध्यक्ष मृगेन्द्रकुमार सिंह, भदौ २० गते जनकपुरमा हुने कार्यक्रममा उपाध्यक्ष राजकिशोर यादव र भदौ २२ गते वीरगन्जमा हुने कार्यक्रममा अध्यक्ष उपेन्द्र यादव सहभागी हुनेछन् ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन