काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालका महिलाले दुई तिहाइ अधिकारका लागि लड्नुपर्ने बताएका छन् । प्रज्ञा भवन कमलादीमा बुधबार अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) को सातौँ राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले दुई तिहाइ अधिकारका लागि लड्नुपर्ने बताएका हुन् ।
‘महिलाले आधा आकाश होइन ढाकेको होइन, दुई तिहाइ आकाश ढाकेको भन्नुपर्छ । दुई तिहाइ पुरुष विदेश गएका छन् । एक तिहाइ मात्र नेपालमा छन् । अब महिलाले दुई तिहाइ अधिकारका लागि लड्नुपर्छ, ३३ प्रतिशत अधिकारका लागि होइन’, उनले भने
हिजो जनयुद्धमा ५० प्रतिशत महिला सहभागी नभएको भए सङ्घीय गणतन्त्र नआउने उनले बताए । महिलाहरूको त्याग, तपस्या र योगदानबाट नै यी सबै सम्भव भएको जिकिर गरे । जनयुद्धबाट प्राप्त भएको उपलब्धि समाप्त गर्न फेरि प्रतिगामी षड्यन्त्र भइरहेको भन्दै प्रचण्डले त्यस्ता षड्यन्त्रविरुद्ध युद्धकालमा जस्तै प्रतिक्रान्ती रोक्न सबै एक जुट भयर महिलाहरु जुट्न अपिल गर्नु भयो ।
विज्ञापन

नेपालका महिलाहरुले दुई तिहाइ अधिकारका लागि लड्नु र प्रतीक्रान्ती रोक्न आवश्यक छ : प्रचण्ड
विज्ञापन


विज्ञापन

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन

विज्ञापन

विज्ञापन
विज्ञापन

विज्ञापन

विज्ञापन

नयाँ प्रकाशित
विज्ञापन

विज्ञापन

# ट्रेण्डिङ
विज्ञापन

विज्ञापन
















