विज्ञापन

वाइसीएल नेपाल अछामले सुरुगर्यो:श्रम अभियान

विज्ञापन
Image
विज्ञापन

भाद्र १८अछाम ।वाइसीएल नेपाल अछामले  श्रम तथा उत्पादन अभियानको सुरुवात गरेको छ!वाइसीएल नेपालले देशैभर श्रम तथा उत्पादन अभियान संचालन गर्ने निर्णय  गरे संगै  देशभर श्रम तथा उत्पादन अभियान धमाधम संचालन भइरहेका छन !वाइसीएल जिल्ला समिति  अछामको आयोजनामा  मंगलसेन नगरपालिका वडा नं -३ स्थित  शिवजीको मन्दिर परिसरमा विभिन्न प्रजातिका बिरुवा बृक्षारोपण गरेको हो! साथै  शिवजि मन्दीर निर्माणमा श्रमदान गरिएको वाइसीएल अछाम अध्यक्ष रमित साउदले वताउनु भयो।श्रम अभियानमा वाइसीएल केन्द्रिय उपमहासचिव एंवम सुदुरपश्चिम इन्चार्ज शिव बहादुर बोगटीको उपस्थिती रहेको थियो ।नेता बोगटीले श्रममा जुट्दै वाइसीएललाइ जन्तामा सकारात्मक उर्जा पैदागर्नेगरि,बडदो राजनीति वितृष्णालाई चिर्नुपर्ने दायित्व वाइसीएल सामु भएको बताउनु भयो। अभियानमा सहभागी वाइसीएल  अछामका इन्चार्ज लाल बहादुर साउदले वाइसीएल अछामलाई उत्पादन र श्रममा जोड्दै सचेत युवाहरूको केन्द्र वाइसीएललाई बनाउन लागीपर्ने बताउनु भएको थियो!साथै भ्रष्टाचार र ढिलासुस्तीका विरुद्द सडक बाघको रुपमा उत्रन  वाइसीएल अछामलाई आग्रह समेत गर्नुभएको थियो! उक्त कार्यक्रम केवल सीमितताका लागि मात्र नभई निरन्तरता दिदै ऐतिहासिक अभियानको रूपमा लिइने बताइएको छ। प्रकृतिको संरक्षण, वातावरणको सन्तुलन र भविष्यको सुरक्षाका लागि वृक्षारोपणलाई प्रमुख दायित्वको रूपमा अघि सारिएको अध्यक्ष रमित साउदले बताउनु भयो।कार्यक्रममा सहभागीहरुले “यो हाम्रो यात्रा आज मात्र होइन, जीवनभर निरन्तर चल्ने अभियान हो” भन्ने प्रतिवद्धता व्यक्त गर्दै सामूहिक श्रम र एकताको सन्देश ब्यक्त गरेका छन।प्रकृति संगै समाजको हित र जनताको सेवा गर्ने महान लक्ष्यसहित YCL अछामले सुरुवात गरेको  श्रम तथा  उत्पादन अभियान जनताको चेतना जगाउने महत्वपूर्ण कदमका साथ निरन्तरता दिने बताइएको हो  ।उक्त कार्यक्रममा पार्टी सम्वद्द  नेता  तथा कार्यकर्ताहरुको  सहभागीता रहेको थियो!

Oplus_16777216
Oplus_16777216
Oplus_16777216
प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन