विज्ञापन

रवि लामीछाने पुनः फर्किए नखु कारागार

विज्ञापन
Image
विज्ञापन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः नख्खु कारागार फर्किएका छन्। लामिछाने सहकारी ठगी मुद्दामा पूर्पक्षका लागि थुनामा थिए भने भदौ २४ गते जेनजी प्रदर्शनको क्रममा सुरक्षा कारण देखाउँदै कारागारबाट बाहिर निस्किएका थिए।

सामाजिक सञ्जालमार्फत जारी भिडियो सन्देशमा उनले भनेका थिए, “पछिल्लो सरकारले म माथि चरम राजनीतिक प्रतिशोध साधेर मेरो जिना हराम गरेको थियो। आज यस देशको नेतृत्वमा न्यायकी प्रतिमूर्ति स्वयं प्रधानमन्त्री हुनुहुन्छ। अब अन्याय नहुने आशा सहित म कारागार फर्किँदैछु।”

ललितपुर प्रहरी प्रवक्ता चक्रराज जोशीले लामिछाने शनिबार नै कारागार फर्किसकेको जानकारी दिएका छन्। यसअघि लामिछानेले कारागार प्रशासक सत्यराज जोशीद्वारा हस्ताक्षरित रिहाइ पत्र सार्वजनिक गरेका थिए, तर नख्खु कारागार प्रशासनले उक्त पत्र फर्जी भन्दै उनीसहित भागेका सबै कैदीबन्दीलाई तत्काल फर्किन आदेश दिएको थियो।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन