काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अमेरिकाका अध्यक्ष रमेश भट्टले नेतृ सुमना श्रेष्ठको पार्टीबाट बाहिरिने निर्णयलाई अवसरवाद नभई सिद्धान्तप्रति अडिगताको प्रमाणका रूपमा व्याख्या गरेका छन्।
भट्टले सामाजिक सञ्जालमा लेख्दै, “सुमना श्रेष्ठले पार्टीवाट बाहिरिने निर्णय लिनु अवसरवाद होइन, सिद्धान्तमा अडिगताको प्रमाण हो। उहाँले उठाएका मुद्दा सत्य छन्, समयमै सम्बोधन नभए पार्टी संकटमा पर्न सक्छ,” भनेका छन्।
सुमना श्रेष्ठको निर्णय पार्टी सुधारका लागि चेतावनीस्वरूप आएको हो र यसलाई बेवास्ता गर्न नहुने उनले औंल्याएका छन्।
भट्टले थप लेखेका छन्, “अब युवा नेताहरूले पनि निडर भएर बोल्नुपर्छ। सुमना श्रेष्ठको आवाज सुधारतर्फको चेतावनी हो।”
भट्टले अन्त्यमा “I am with Sumana Shrestha 🇳🇵” लेख्दै श्रेष्ठप्रति ऐक्यबद्धता प्रकट गरेका छन्।
उनले आफूले पनि पार्टी परित्याग गरेको जानकारी दिएका छन् ।
पार्टी दिन प्रतिदिन सुध्रनेभन्दा बिग्रने बाटोतर्फ लागेकाले पार्टीको भविष्य नरहेको निष्कर्ष निकाल्दै पार्टी परित्याग गरेको उल्लेख उल्लेख गरेका छन् ।



























