विज्ञापन

प्रचण्डको घर जलाउने राप्रपा नेता सिग्देल रहेको पुष्टि, प्रहरीले खोजी गर्दै

विज्ञापन
Image
विज्ञापन

चितवन । गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासमा तोडफोड र आगजनी गर्ने व्यक्ति राप्रपाका नेता रहेको पुष्टि भएको छ । भरतपुर १४ शिवनगरस्थित प्रचण्ड निवासमा आगजनी गर्ने प्रजातन्त्र पार्टी (राप्रपा) का महानगर पूर्व सचिव सुलभ भनिने रामप्रसाद सिग्देलको संलग्नता देखिएको हो ।

भदौ २४ गते दिउँसो ४ः३० बजे महानगरपालिकाको भवनमा आगजनी तथा तोडफोड गरे पश्चात सिग्देलले भीडलाई निर्देशन र संकेत गर्दै प्रचण्ड निवासतर्फ लिएर गएका थिए। सो क्रममा खिचिएको भिडियो फुटेजमा सिग्देल बा ४४ प ५६१७ नम्बरको सुजकी स्कुटरको पछाडि बसेर भीडसँगै गइरहेको स्पष्ट देखिन्छ।

क्यामेरामा प्रत्यक्ष नपरोस् भन्ने उद्देश्यले उनी यस्तो शैलीमा सवार भएको आशंका गरिएको छ। उनले एक पत्रकारलाई आफुलाई भिडियोमा नदेखाउन आग्रहसमेत गरेको थिए । त्यति भन्दै गर्दा पनि उनलाई केही सेकेण्ड भिडियोमा देख्न सकिन्छ ।

सिग्देल राप्रपा उपाध्यक्ष विक्रम पाण्डेका निकट मानिन्छन् । भरतपुर २१ पार्वतीपुर निवासी उनी हाल भरतपुरस्थित सिजी ल्याण्डमार्कमा सैलुन सञ्चालन गर्दै आएका छन् । उनले आफुलाई समाजसेवकका रूपमा प्रस्तुत गर्दै आएका थिए।

जानकारहरूका अनुसार सिग्देलले आफ्ना कार्यकर्तालाई निर्देशन नदिएको भए प्रचण्ड निवासमा त्यस्तो क्षति हुने थिएन। जेनजी समूहले सुरु गरेको आन्दोलनलाई अवसरका रूपमा प्रयोग गर्दै उनले भीडलाई हिंसात्मक गतिविधितर्फ मोडेको आरोप  छ ।

स्थानीयवासीले समेत प्रचण्ड निवासमा गरिएको आक्रमण योजनाबद्ध जस्तो देखिएको बताएका छन् । उनीहरूको भनाइअनुसार सुरुवाती रूपमा शान्तिपूर्ण देखिएको आन्दोलनले एकाएक उग्र रुप लिँदा आसपासका घरधनीहरू समेत आत्तिएका थिए।

यद्यपि घटनाबारे आधिकारिक निकायले विस्तृत प्रतिवेदन सार्वजनिक गरिसकेको छैन। प्रहरी प्रशासनले भने घटनामा संलग्नको पहिचान र प्रमाण संकलनको काम भइरहेको जनाएको छ। प्रहरी स्रोतका अनुसार भिडियो फुटेज र प्रत्यक्षदर्शीको बयानका आधारमा अनुसन्धान तीव्र पारिएको छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन