नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार आगजनी र तोडफोटबाट बनेको टिप्पणी गरेका छन्। जेन–जी आन्दोलनपछि पहिलो पटक सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो टिप्पणी गरेका हुन्।
‘अहिलेको जेन–जी सरकार भनिने यो सरकार जो संवैधानिक बाटोबाट, जनताको अभिमतबाट बनेको होइन,’ ओलीले भने, ‘यो तोडफोड र आगजनीबाट बनेको हो।’
प्रतिक्रिया जनाउनुहाेस्



























