विज्ञापन

बंगालको खाडीमा विकसित पानी पार्ने मौसमी प्रणालीले  असोज १७ देखि २० गतेसम्म नेपालमा उच्च वर्षाहुने 

विज्ञापन
Image
विज्ञापन

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले बंगालको खाडीमा विकसित पानी पार्ने मौसमी प्रणालीले अबका दिनमा नेपालमा पनि घनघोर वर्षा गराउने सम्भावना औंल्याएको छ।

बंगालको खाडीबाट भारत हुँदै नेपाल प्रवेश गरेको मनसुनी वायुका कारण असोज १७ बाट २० गतेसम्म कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मनसुनी गतिविधि सक्रिय हुने सम्भावना रहेको विभागले जनाएको छ।

हालको विश्लेषण अनुसार उक्त अवधिमा नारायणी, बागमती, कमला र कोशी नदी र यसका सहायक नदीहरूमा बहाव उल्लेख्य बढ्ने र खतरा तह आसपास पुग्न सक्ने देखिएको छ।

यसका साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र मधेस प्रदेशका महाभारत, चुरे हुँदै बहने स–साना नदीनालामा आकस्मिक बहाव हुन सक्ने सम्भावना पनि देखाएको छ।

उक्त अवधिमा बागमती प्रदेशका काठमाडौं उपत्यकाका तीन जिल्ला, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, चितवन; कोशी प्रदेशका संखुवासभा, ताप्लेजुङ, इलाम, झापा; मधेस प्रदेशका बारा, पर्सा, सर्लाही, रौतहट, मोरङ र आसपासका जिल्ला हुँदै बहने स–साना नदीमा आकस्मिक बहावको सम्भावना उच्च रहेको बताएको छ।

विशेषगरी असोज १८ देखि २० गतेसम्म विशेष सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

‘नेपालमा मनसुन बहिर्गमन भइनसकेको हालको अवस्थामा विभागले मौसम र बाढीको सम्भावित विषम अवस्थाको नियमित अनुगमन गरिरहेको छ,’ महाशाखाले भनेको छ।

महाशाखाले भदौ १७ देखि २० गतेसम्म रूपन्देहीदेखि सर्लाहीसम्मका ९ जिल्लालाई ‘रेड अलर्ट’ नै जारी गरेको छ।

यो पनि हेर्नुहोस!

राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण द्वारा उच्च सतर्कताका लागि अनुरोध ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन